• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बर्दघाटमा भत्किएको सडक मर्मतपछि एकतर्फी खुल्यो पूर्व-पश्चिम राजमार्ग

    1.3K
    SHARES



    बुटवल । सडक भत्किएर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बर्दघाट दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्रवार रातिको वर्षाका कारण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट दाउन्ने खण्ड राति ११ बजेदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

    पूर्वपश्चिम जोड्ने एक मात्र सडक अवरुद्ध बनेपछि पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधन दुम्किबास क्षेत्रमा रोकिएका थिए।

    विस्तारको क्रममा रहेको सडक माथिबाट पहिरो झर्ने र सडक तलबाट भत्किएपछि शनिबार बिहानैदेखि सडक मर्मत गरेर सवारीसाधनको आवागमन सुचारु गर्ने प्रयास गरिएको थियो।

    भत्किएको सडकमा ह्युमपाइप राखेर बिहान साढे १० बजेदेखि सडकमा यातायात सरू गरिएको बुटवल- नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए। मिश्रले खुर्साने खोला नजिकै भत्किएको सडकको डिलतर्फ ह्युमपाइप राखेर एकतर्फी आवागमन सुचारु गरिएको बताए।

    इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक तीर्थराज भुसालले पनि सडक मर्मत गरेर अहिले एकतर्फी रूपमा सडक सुचारु गरिएको जानकारी दिए।

    बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्साने खोला नजिकै सडकमाथि बाट पहिरो झरेको र तलतर्फको डिल भत्किएको छ। दाउन्ने र बर्दघाट बजारको बिचमा पर्ने खुर्साने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ।

    बर्षापछि खुर्साने खोलासँगै बगेर आएको गेग्रानसहितको भेलले सडकको कालोपत्रे उप्काएको छ। विगत ६ वर्षदेखि बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा रहेको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ६ वर्षसम्म पुरा नहुँदा धुलो र हिलोले सास्ती भोगेका यात्रुलाई बेलाबेलामा झर्ने पहिरोका कारण झनै समस्यामा पार्ने गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ