• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    प्रचण्डलाई दोरम्बामा जब नेकपा कार्यकर्ताले यसरी आच्छुआच्छु बनाए

    20.9K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

    दलबलसहित हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई नेकपाका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् ।

    १० बर्षे जनयुद्धको म्यान्डेट र सहिदहरुको सपना बेचेर खाने प्रचण्डलाई सहिदको स्मृति दिवस मनाउने अधिकारा समेत नभएको भन्दै नेकपा कार्यकर्ताले नैतिकता भए दोरम्बाबाट कार्यक्रम नै नगरी फर्केर जान चुनौती दिएका थिए । तर माओवादी केन्द्र र केहि एमाले कार्यकर्ताहरुले प्रहरी प्रशासनको बलमै भापनि कार्यक्रम गरेरै छाड्ने अड्डी कसे।

    त्यसपछि नेकपा कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाउनुका साथै नारावाजी गरेका थिए । प्रचण्डले जनयुद्धका शहीदका नाममा व्यापार गरेको भन्दै आफूहरूले विरोध गरेको विप्लव निकटको नेकपाका रामेछाप जिल्लाका जनपरिषद् प्रमुख विवेक लामाले जानकारी दिए ।

    दोरम्बा घटनाको १६औं स्मृति दिवस मनाउने स्थानको विषयमा सत्तारुढ प्रचण्ड र नेकपा  कार्यकर्ताबीच भनाभन भएको थियो । दुई समूहबीच भनाभन भएपछि कार्यक्रम निश्चित समयभन्दा ढिलो सुरु भयो ।

    नेकपाका कार्यकर्ताले शहीदको अपमान गर्न पाइँदैन, राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद, एकीकृत जनक्रान्ति — जिन्दावाद, वैज्ञानिक समाजवाद — जिन्दावाद जस्ता नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा देखाएको लामाले बताए ।

    सत्तारुढ नेकपाले दोरम्बामा रहेको स्मारक पार्क कब्जामा लिएपछि विप्लवको नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको थियो ।

    ०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा नेपाली सेनाको कारबाहीमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बीमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समिर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको मृत्यु भएको थियो ।

    २०७५ भदौ १ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ