• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    किराँत समुदायले उधौली पर्व मनाउँदै, यःमरी पुन्हि पनि आजै

    591
    SHARES



    काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमा !  किराँत, नेवार र खस आर्य समुदायले नयाँ अन्नबाली भित्र्याएको खुशी र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना–आफ्ना चाड पर्व मनाइरहेका छन्।

    किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् ।

    लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् ।

    नयाँ बाली पाकेपछि इष्टदेवलाई चढाउने, खान अनुमति माग्ने र पितृलाई सम्झने प्रथा यस दिनसँग जोडिएको छ। बिहानैदेखि च्याब्रुङ, चण्डीनाच र ढोलनाच नाच्दै भूमिपूजा गर्ने परम्परा आज पनि उत्तिकै जीवित छ।

    जाडो सुरु भएपछि पहाडबाट तल्लो स्थानतिर झर्ने संस्कृतिसँग पनि यो पर्व सम्बन्धित छ, त्यसैले उधौलीलाई प्रकृतिसँगको अनुकूलता र सहअस्तित्वको प्रतीक मानिन्छ।

    नेवार समुदायको यःमरी पुन्हि

    आजकै दिन नेवार समुदायले यःमरी पुन्हि मनाइरहेका छन्। ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

    खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ