• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द, ऊर्जा संकट घोषणा

    1.2K
    SHARES



    काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।

    विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।

    पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो । फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् आपूर्ति बन्द हुनुको कारण नखुलेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।

    पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ ।

    ‘विद्युत् आपूर्ति बन्द हुनुको कारण स्पष्ट नभए पनि यसको प्रभाव निकै ठूलो छ,’ सीएनएनले लेखेको छ, ‘यातायात साधनहरु बन्द भएका छन् । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।’

    युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्टाले भने विद्युत अवरोधको कारण यकिन नभए पनि हालसम्म साइबर आक्रमणकोसंकेत पनि नदेखिएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ