• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सरकारलाई सर्वोच्चको आदेश : शिक्षकहरू तीन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्नू

    481
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले २३ दिनदेखि काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन आदेश जारी गरेको छ ।

    न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार एक अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किन आदेश दिएको हो ।

    ‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ।

    शिक्षकहरू २३ दिनदेखि आन्दोलित हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन अझै सुरू भएको छैन। यस्तो अवस्थामा अधिवक्ता श्रवणकुमार चौधरीले गत चैत १० गते रिट हालेका थिए । शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्यौल बनाएको जिकिरसहित उनले उक्त रिट हालेका थिए ।

    चौधरीले सर्वोच्चसँग विद्यार्थीहरूलाई पढ्ने वातावरणका लागि अन्तरिम आदेश दिन पनि भनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतका विभिन्न ६ निकाय र संगठनलाई प्रतिवादी बनाउँदै हालेको रिटमा चौधरीकै मागअनुसार विद्यालय खोल्ने गरी सर्वोच्चले आदेश दिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ