काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गल्ति नगर्न चेतावनी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै प्रचण्डले शाहलाई अर्को गल्ती नगर्न आग्रह गरे। उनले शाहले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास गर्दा त्यसको परिणाम नराम्रो चेतावनी दिएका छन्।
प्रचण्डले भने, “पहिलो गल्तीको रूपमा शाहले निरङ्कु शासनको स्थापना गरे जसका कारण राजतन्त्रको अन्त्य भयो। यदि उनी दोस्रो गल्ती गर्न खोज्छन् भने त्यसको परिणाम गम्भीर हुन सक्छ।” उनले थपे, “इतिहासलाई पछाडि फर्काउने प्रयास गर्दा जनताले त्यसलाई असफल बनाउनेछन्।” प्रचण्डका अनुसार, सामन्ती सत्ताबाट पीडित भएका जनताहरू, दलित, महिलाहरू, मधेशी, र आदिवासी जनजातिहरू संघर्षमा उत्रिनेछन्।
प्रचण्डले आफूहरूबाट भएका केही गल्तीहरूको स्वीकारोक्ति गर्दै भने, “हामीले गल्ती गरेका थियौं र त्यसको पछिल्लो परिणामले जनताको निराशा बढेको थियो, तर अब हामी त्यसबाट आत्मसमीक्षा गरेर सच्चिएर जनताको माझ फर्किएका छौं।”
आतंक फैलाउनु राजावादीको चरित्र
यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आतंक फैलाउनु राजावादीको चरित्र भएको बताएका छन्। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले तीनकुने प्रतिगामी र निरंकुशतावादीको प्रतीकजस्तो बनेको टिप्पणी गरे।
उनले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा हानेकोप्रति आपत्ति जनाउँदै मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए। उनले आतंक फैलाउनु राजावादीको चरित्र भएको तर्क गरे।
प्रचण्डले भने, ‘तीनकुने अहिले प्रतिगामी, निरंकुशतावादीको प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरूले। एकदुईजना मरून् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी लाखको वरिपरि जम्मा छौं।’
प्रतिक्रिया