• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

नेकपा (बहुमत) काठमाडौंले घोषणा गर्यो सरकारविरोधी दस्ता

4K
SHARES



काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ ।

बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,“केहि दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौं ।”

“भ्रष्टाचार वीत्तीय शोषण मानव बेचबिखन विरोधी दस्ता घोषणा मात्रै हैन निकट भविष्यमा तपाईहरुले त्यसको परिणाम देख्न पाउनु हुनेछ ।” लिम्बुले थपे ।

जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौंमै सबैखाले बेथितिको जड भएकोले आफूहरुले दस्ताको निर्माण गरेको जानकारी गरे ।

सेक्रेटरी नेपालीले देशमा मौलाउँदै गइरहेको भ्रष्टाचार, वीत्तीय शोषण, कालाबजारी, मानव बेचबिखन, सामाजिक असमानता, प्राकृतिक स्रोतसाधन माथिको व्यक्तिगत नियन्त्रण र अस्थिरता जस्ता विषयमा न्यायका पक्षधरहरुलाई एकताबद्ध गर्न सचेतपूर्ण संघर्ष र पहल कदमीको आवश्यकता रहेको छ । यो आवश्यकतालाई मध्यनजर गर्दै दस्ताको निर्माण गरेको बताए ।

सो कार्यक्रममा भक्तपुर जिल्ला इन्चर्ज प्रतिमा बजगाई, काठमाडौं जिल्ला संयोजक रामहरी पोखरेल, अखिल (क्रान्तिकारी) बागमती प्रदेश संयोक मिम ऐडीको उपस्थिति रहेको थियो ।

यस्ता छन् संघर्षका कार्यक्रम !
१) परिवर्तनकारी न्यायका पक्षधर आम जनसमुदायलाई भ्रष्टाचार वित्तिय शोषण, मानव बेचविखन अन्याय अत्याचारका विरुद्ध संगठित गर्दै संघर्ष गर्ने ।
२) सार्वजनिक सम्पत्तिको निजीकरण, दामासाहिकरणका विरुद्ध सम्बन्धित क्षेत्रका सरोकारवाला जनताहरुसंग सहकार्य गर्दै संघर्ष गर्ने ।
३) सरकारी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचार कमिसनखोरका विरुद्ध संघर्ष गर्ने ।
४) भुमि, शिक्षा र स्वास्थ क्षेत्रका सबैखाले माफियाकरणको बिरुद्ध आम जनसमुदायको उपस्थिति सहित संघर्ष गर्ने ।
५) जमिन माथि हुने विभिन्न खालका अवैध चलखेलका विरुद्ध पीडितहरु सहितको संघर्ष गर्ने ।
६) घर जग्गा र उद्योग धितो राखि लघुवित्त, सहकारी र बैंकहरुले अवैज्ञानिक ढंगवाट ब्यक्तिगत सम्पत्ति लिलाम गरि घरवारविहीन बनाउने प्रक्रिया र मिटर ब्याजको विरुद्ध पीडितहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
७) सरकारी संघ÷संस्थामा स्थापित निजि बैंकको विस्थापन र सरकारी बैंक स्थापनाको लागी संघर्ष गर्ने ।
८) वैदेशिक ठगिमा परेका व्यक्ति वा समुहको उद्दार तथा न्यायको लागि संघर्ष गर्ने ।
९) विभिन्न मेनपावर र कन्सल्ट्यान्सी लगाएत अन्य क्षेत्रवाट हुने अबैध मानव तस्करिका विरुद्ध संघर्ष गर्ने ।
१०) शैक्षिक क्षेत्रमा भइरहेको सबैखाले विभेद, शोषण, अनियमितता, असमानता र चर्को सुल्क असुलीका विरुद्ध संघर्ष गर्ने ।
११) सार्वजनिक सेवा क्षेत्रमा सम्बद्ध रहेका व्यक्तिहरूको निजि क्षेत्रमा गरिएको लगानी फिर्ता गर्न संघर्ष गर्ने ।
१२) स्थानीय तहमा भइरहेको अनियमियता, भ्रष्टचार र गलत कार्यको विरुद्ध संघर्ष गरिनेछ ।
१३) लागुऔषद नियन्त्रणका लागी सम्बन्धित निकायहरुसंग सहकार्य गरि संघर्ष गर्ने ।
१४) लफ्सिफेदी स्थित बोझेनीका स्थानीय जनताको जग्गा अधिग्रहण प्रक्रिया विरुद्ध संघर्ष गर्ने ।
१५, नेवारी लगायत सार्वजनिक गुठीहरुको निजीकरणको विरुद्ध संघर्ष गर्ने ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ