• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण

    1.1K
    SHARES



    काठमाडौँ । अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगरको मिर्गाैला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित सिजिङ अस्पतालमा सुँगुरको मिर्गाैला मान्छेमा प्रत्यारोपण गरिएको छ ।

    त्यहाँको मेडिकल टिममले यसी मार्च ६ मा ६९ वर्षीय एक महिलामा अणुवांशिक रुपमा तयार पारिएको सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको हो । मिर्गाैला प्रत्यारोपण भई यसमा रक्तप्रवाह हुनेबित्तिकै यसले पिसाब उत्पादन गरी काम गर्न सुरु गरेको भनिएको छ।

    प्रत्यारोपण भएको तेस्रो दिनदेखि नै मिर्गाैलाले सामान्य अवस्थामा जस्तै काम गर्न थालिसकेको थियो । छैटौँ दिनसम्म पनि मिर्गाैलाको कार्य स्थिर र राम्रो रहेको बताइएको छ । छैटौँ दिनमा मिर्गाैलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाब उत्पादन गरेको थियो।

    सिरम क्रिएटिनिन लेभल र मिर्गौलाले गर्ने जैविक कार्यका सूचकहरु राम्रो रहेको छ । सिन्ह्वाले उल्लेख गरेअनुसार ती महिलाको मिर्गाैला फेल भएको कुरा ८ वर्षअघि पत्ता लागेको थियो ।

    उपयुक्त दाता फेला नपार्दा प्रत्यारोपण हुन सकेको थिएन । हप्तामा ३ पटक डायलासिस गर्दै आएकी थिइन् । पछिल्लो समय डायलासिसका कारण हुने जटिलताहरूले गर्दा उनको स्वास्थ्य बिग्रँदै गएको थियो।

    यो सफलता यो सफलता चिकित्सा क्षेत्रमा एक कोसेढुंगा सावित हुने चिकित्सकहरूको भनाइ छ । अंगदाताको अभावमा प्रत्यारोपण गर्न नपाएका कयौँ बिरामीका लागि यो नयाँ आशा भएको प्रत्यारोपणको नेतृत्व गर्ने सिजिङ अस्पताल डाक्टर डु केफेङले बताएका छन् ।

    चीनमा अहिले करिब १३ करोड मिर्गाैला फेल भएको व्यक्ति रहेको सिन्ह्वाले जनाएको छ । हरेक वर्ष लाखौँको संख्यामा मिर्गाैला बिरामीहरु बढिरहेका छन्। गत वर्ष पहिलो पटक अमेरिकामा सुँगुरको मिर्गौला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो।

    म्यासाचुसेट्स राज्यस्थित म्यासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले उक्त सफलता हात पारेका थिए । मिर्गाैला प्रत्यारोपण गरिएका ६२ वर्षीय ती पुरुषको करिब २ महिनापछि मृत्यु भयो ।

    यसै वर्षको जनवरीमा पनि म्यासाचुसेट्स अस्तपालमै सुँगुरको मिर्गाैला लिएर अर्काे प्रत्यारोपण भएको थियो।

    गतवर्ष चिनियाँ वैज्ञानिकहरूले जेनेटिक रुपमा परिमार्जित सुँगरको मिर्गाैला बाँदरमा प्रत्यारोपण गरी परीक्षण गरेका थिए । त्यसले ६ महिनासम्म राम्रो काम गरेको रिपोर्टले देखाएको थियो । यसपछि मान्छेमा पनि लामो समय काम गर्छ भन्ने निष्कर्ष निकालिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ