काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ।
सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्।
संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाई, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका हुन्।
यसअघि झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, र डडेलधुरा मुकन्द राज जोशीले पनि आवेदन दिएका थिए।
सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया