• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    प्रधानमन्त्री कपमा आज आर्मी र कोशी तथा मधेश र पुलिस भिड्दै

    2.6K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

    शनिरबार नेपाल आर्मी क्लब र कोशी प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

    जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। तीनमा तीन खेल नै गुमाएर तालिकाको पुछारमा रहेको कोशीले आज आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    नेपाल प्रहरीले समान ६ अंक बनाए पनि रनरेटको आधारमा अंक तालिकामा दोस्रो स्थानमा छ। तीनमा एक खेल गुमाएको सशस्त्र प्रहरी क्लब चार अंकसहित तेस्रो स्थानमा छ। समान चार अंक भए पनि लुम्बिनी प्रदेश रनरेटका आधारमा चौथो स्थानमा छ।

    मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले दुई खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ