• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल बन्दको ताजा अपडेट: दर्जन नेता कार्यकर्ता गिरफ्तार, कहाँ के-कति क्षति भयो ?

    91.8K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण देशभारको जनजीवन प्रभावित बनेको छ । मंगलबार बिहानैदेखि राजधानीसहित देशभर सबै स्कुल कलेजहरु ठप्प छन् ।

    तर काठमाडौंबाट लामोदुरिका सवारीसाधन चलेका छैनन् भने छोटो दुरीका सवारीसाधनहरु आंशिक रुपमा चलेको देखिन्छ । उपत्यका बाहेक बाह्य जिल्लाको जनजीवन भने ठप्प बनेको छ ।

    राजमार्ग खाली छन् । बाह्य जिल्लामा बन्दको प्रवाभ परेको छ । बन्दका क्रममा अबज्ञा गरेको भन्दै ठाउँ ठाउँमा सवारी साधनहरु तोडफोड र आगजनी भएको छ । सुदूरपश्चिमको डडेलधुरा, डोटी, कंचनपुर, कैलालीमा बन्दले जनजीवन प्रभावित बनेको छ । गाडी चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।

    यता बाँके बर्दियामा लगायत पहाडी जिल्लाहरुमा लामोदुरिका सवारीसाधन चलेका छैनन् । बुटवल आसपासका जिल्लाहरु पूर्णरुपमा ठप्प रहेको त्यहाँबाट संचारकेन्द्र सहकर्मीहरुले बताएका छन् ।

    चितवन पूर्वको जनजीवन पनि बन्दका कारण प्रभावित बनेको छ । स्कुल कलेज, बजार ब्यबसाय र यातायात ठप्प छ ।

    त्यसैगरी मोरङ सुनसरीतिर बन्दको प्रभाव परेको छ । मंगलबार बिहानैदेखि विभिन्न ठाउँमा बम भेटिएका छन् । कति बिस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

    दर्जनौं गिरफ्तार

    बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका दर्जन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । सोहि पार्टीनिकट अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण र जिल्ला सचीव तारा सङ्ज्याललाई प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई प्रहरीले मंगलबार बिहान ६ बजे जमलबाट गिरफ्तार गरेको हो । आफ्ना नेताकार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ ।

    बन्द गराउदै हिडेको अवस्थामा ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रण लिएको बताईएको छ । उता रुकुम बाट नेकपाका पाँचजना नेता कार्यकर्ता गिराफ्तार परेका छन् ।

    तोडफोड र आगजनी

    बन्दको दिन काठमाडौँको बल्खुचोक परिक्षा नियन्त्रण कार्यालय नजिकै बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । अहिले उक्त स्थानलाई नेपाली सेनाले घेरा गरी राखेको छ । नयाँपाटिमा बम फेला परेपछि सेनाले निष्क्रिय पारेको छ । तीनकुनेमा एउटा यात्रु बाहक बसमा आगजनीको प्रयास भएको छ । उपत्यकाको चक्रपथमा चल्ने बा १ ख ६६५५ नम्बरको उक्त बसमा काठमाडौँको तीनकुनेस्थित पेट्रोल पम्प नजिक आगजनीको प्रयास भएको हो ।

    ललितपुरको ग्वार्कोमा गुडिरहेको बस भित्र सकेट बम फेला परेको छ ।।उक्त बम फेला परिसके पछि बस भित्रका यात्रुहरू त्रसित भएका छ्न ।

    नेपाल बन्दका आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आगजनीको प्रयास गरेको हुन सक्ने बताइएको छ । बसमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको एक यात्रुले बताए ।

    यस्तै रोल्पाका विभिन्न ठाउँमा बम विस्फोट भएको खबर प्राप्त भएको छ । रोल्पाको सदरमुकाम लिबाङमा बिहान ६ बजे बम विस्फोट भएको छ भने पुर्वी रोल्पाको सुलीचौर, पश्चिम बागमारा र घर्तिगाउँमा पनि बम विस्फोट भएको खबर प्राप्त भएको छ । यसैगरी रौतहट पनि बम विस्फोट भएको खबर प्राप्त भएको छ । यी विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन भने यातायात, शैक्षिक संस्थाहरु ठप्प भएका छन् । यसैगरी मकवानपुरको हेटौडा ११ मा बम विस्फोट भएको खबर प्राप्त भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    यसैगरी सिन्धुपाल्चोकको मेलन्चीमा नेपाल बन्द सफल पारौं लेखिएको प्रेसर कुकर बम फेला परेको छ । यसैगरी झापाको गौरदह नगरपालिकामा पनि गोलढुंगा बजारमा रहेको प्रहरी चौकी नजिकै बम विस्फोट भएको छ । झापामा बन्दकर्ताहरु सडकमा निस्किएका छन् । बन्द कर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा एउटा बसमा आगजनीे गरेका छन् ।

    मकवानपुर थाहा नगरपालिकामा गरिएको आगजनीबाट बस पूर्ण रुपले क्षतिग्रस्त हुनपुगेकोे छ । यस्तै बन्दको अवज्ञा गरी गाडी संचालन गरेको भन्दै बन्दकर्ताले नुवाकोटमा तीनवटा मिनीट्रकमा आगजनी गरेका छन् । शिवपुरी गाउँपालिका ८ बाट बालुवा बोकेर काठमाडौँ तर्फ गुडिरहेका ३ गाडीलाई बोहरे खोला नजिकै बन्दकर्ताले आगजनी गरी क्षति पु¥याएको नुवाकोट प्रहरीले जनाएको छ । डोटीको बुडरमा १ ट्रकमाथि आगजनी भएको छ ।

    २०७५ साउन २९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ