• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सूर्यविनायक र लोकन्थलीमा भेटिएकाे बम निष्क्रिय पारियो

    18.1K
    SHARES



    काठमाडौं ।

    सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

    दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । विहानैबाट काठमाडौँ उपत्यकासहित देशभरमा बन्दको प्रभाव परेको छ । बन्दका कारण सडकमा अत्ति आवश्यकीय सवारी साधान मात्रै गुडेका छन् ।

    बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले ठाउँ ठाउँमा सवारी साधनमाथि तोडफोड र आगजनी समेत गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ