काठमाडौँ । कतारी अमीर शेख तमिम बिन हमद अल-थानी सोमबार राति भारत भ्रमणमा पुगेका छन्। उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा गएका थिए।
भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी बुधबारसम्म भारत भ्रमणमा हुनेछन्। कतार र भारतबीचको कूटनीतिक सम्बन्ध ७० को दशकमा सुरु भएको थियो।
कतारले जनवरी १९७३ मा भारतस्थित आफ्नो दूतावासको लागि पहिलो चार्ज डी’अफेयर्स नियुक्त गरेको थियो भने मे १९७४ मा, कतारले पनि भारतमा आफ्नो पहिलो राजदूत नियुक्त गरेको थियो ।
प्रतिक्रिया