• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ओझाको निलम्बनपछि बीमा प्राधिकरणको जिम्मेवारी पोखरेललाई

    821
    SHARES



    काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।

    मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए ।

    प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

    सोमबार साँझ मन्त्रिपरिषद् बैठकलगत्तै अर्थमन्त्रीले सो जिम्मेवारीसम्बन्धी निर्णय गरेका थिए । पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् । सोही महाशाखाले अहिले बीमा प्राधिकरणसँग समन्वय गर्ने गर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ