• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मधेशमा वारुणयन्त्रमार्फत खानेपानी बाँड्दै प्रदेश सरकार

    292
    SHARES



    जनकपुरधाम । वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ ।

    बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन् ।

    प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो ।

    प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाएको छ । वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहने र त्यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने छन् भने सञ्चालन नेपाली सेनाले गर्नेछ ।

    यसअघि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर मार्फत पनि प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेका छन् । यस्तै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ