• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहनेछ, मेटाउने खोज्नेहरु आफै खरानी हुनेछन् : प्रचण्ड

    236
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका बलमा संविधान सभाबाट स्थापित मान्यताहरूलाई एकथरी तत्त्व, विचार र प्रवृत्तिले उल्टयाउने कोसिस गरिरहेको बताएका छन् । ३० औँ जनयुद्ध दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थापित मान्यतालाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्ने प्रक्रियामा माओवादी रहेको बताएका हुन् ।

    अहिले पनि दुईवटा वर्ग, विचार र प्रवृत्तिका बिचमा संघर्ष चलिरहेको प्रचण्डको भनाइ छ । उनले प्रतिकृयावादी वर्ग र शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिएर बुर्जुवा गणतन्त्र वा प्रतिकृयावादी गणतन्त्रमै कैद गर्ने या अझै पछि फर्काएर निरंकुशतातिर लैजाने कोसिस हुनेछ भनेर धेरै वर्षपहिला नै आँकलन गर्दै घोषणा गरेको र आज त्यही स्थिति बनेको बताए ।

    ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठुलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’, प्रचण्डले भने, ‘यसले आज मात्र होइन, सयौँ वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’

    जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुङ्ग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

    ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौँ । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ प्रचण्डले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौँ ।’

    जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्त्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए ।

    ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बिचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘एकथरि तत्त्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौँ । यो संघर्ष चलिरहेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ