काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । बुधबार राति २ बजे तिर भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् । मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन ।
कुम्भ मेलामा सबै भन्दा ठुलो अमृत स्नान मौनी अमावस्या हुने तयारी भइरहेको बेला अचानक भागदौड मच्चिएपछि करिब ६० वटा एम्बुलेन्सले घाइतेहरुको उद्दार गरिरहेको बताइएको छ। भागदौडमा परि कयौ महिला र बालबच्चा हराइरहेको खबर आइरहेको छ।
प्रतिक्रिया