• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

    47
    SHARES



    काठमाडौँ । निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ।

    बंगलादेशले मंगलबार उनीसहित ९७ जनाको पासपोर्ट रद्द गरेको द हिन्दुले जनाएको छ। गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरूद्धको विद्यार्थी आन्दोलन भएको थियो।

    आरक्षणविरूद्धको आन्दोलन सरकारको नियन्त्रणबाहिर भएपछि गत अगस्ट ५ (साउन २१ गते) मा हसिनाले देश छाडेकी थिइन्।

    ‘पासपोर्ट विभागले मानिस बेपत्ता पार्ने घटनामा संलग्न २२ जना र हत्याका घटनामा संलग्न रहेको आरोपमा हसिनासहित ७५ जनाको पासपोर्ट रद्द गरेको हो,’ अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसका प्रेस सल्लाहकारले भने।

    युनुसले सरकार प्रमुखको रूपमा शपथ लिँदा नै पासपोर्ट रद्द गर्ने बताएका थिए। हसिनाको पासपोर्ट रद्द भएसँगै भारतमा उनको बसाइ कठिन हुने विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    हसिनालाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलमा पनि रेड कर्नर नोटिसका लागि पत्राचार समेत गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ