• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मुख्य समाचार समाचार

    बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प, के कति भयो क्षति ?

    187
    SHARES



    बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

    भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ