• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रुस–युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पकाे अपिल

    568
    SHARES



    काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्ने पनि बताइका छन् । मिडियासँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन् ।

    ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने, ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’

    ‘रुस–युक्रेन युद्धका धेरै तस्विरहरू छन् जसमा शवहरू नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ सम्म चलेको अमेरिकी गृहयुद्धका भयावह तस्विरहरू याद आउँछ,’ उनले भने ।

    यसअघि अमेरिकी चुनावका बेला डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए । गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया