• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने नीति अन्त्य हुन्छ : ट्रम्प

    480
    SHARES



    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् । ट्रम्पले अन्तर्वार्तामा अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको भएपनि अबभने नागरिकता नपाइने बताएका हुन् ।

    अमेरिकामा जन्मिएका बच्चाका आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि त्यहाँ जन्मनासाथ बच्चाले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए । यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव भने गरेका छन् ।

    बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने ट्रमकाे संकेत गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया