• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर, उमेर ढाँटेर व्यक्तिगत लाभ लिएको आरोप

    186
    SHARES



    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरे हाे ।

    पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको बताइएकाे छ । उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए ।

    तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख गरिएकाे थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।

    पछि उनी बीमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिबेला सार्ववजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो ।

    तर, १५ साउन २०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्म मितिबारे फरक दाबी गरे । २४ कात्तिक २०१८ मा आफ्नो जन्म मिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो ।

    उमेर ढाँटेर पदमा बसेको र त्यसबाट व्यक्तिगत लाभ लिएको भनी अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १५ साउन २०८० पछि उनले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको हो

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ