• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डलाई विष्णु पौडेलको जवाफ : शक्ति नहुनेले सरकार ढल्छ भन्ने ?

    18
    SHARES



    लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सरकार आफैं ढल्ने अभिव्यक्ति दिंदै आएका थिए । उनलाई जवाफ दिंदै उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो ।’

    उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबीसमेत गरे ।

    अर्को प्रशंगमा उनले मुलुकका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । सामाजिक सञ्जाल विधेयकबारे पनि सरकार प्रेसस्वतन्त्रताविरुद्ध उभियो भन्ने भ्रम फैलाइएको उनको आरोप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ