• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा

    17
    SHARES



    काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुँदै छ ।

    खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघिका चारवटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्ने छ ।

    चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होड जीवितै राख्न आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शृङ्खलामा थाइल्यान्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ