• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भैरहवामा उडान स्थगितका लागि थाई एयर एसिया लगायत तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र, कति छ भिजिबिलिटी ?

    150
    SHARES



    काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भएकाले तीनवटा वायुसेवा कम्पनीले उडान स्थगित गर्रन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका छन् । साेमबार माैसमकाे कारण देखाउँदै जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले केही समय उडान स्थगित गर्नुपर्ने भन्दै प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् ।

    एयरलाइन्सले औपचरिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ । पछिल्ला केही दिनदेखि बाक्लु हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण हुन सकिरहेकाे छैन । जसले गर्दा भैरहवा जाने अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा डाइर्भट भइरहेका छन् ।

    एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी हुनु पर्नेमा अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ