• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वेलकामा फेरि सुरू भयो मतगणना, माओवादीको अग्रता

    101
    SHARES



    काठमाडौँ । उदयपुरको वेलका नगरपालिका-९ मा मतगणना सुरू भएको छ।  मतगणनाको सुरूआती चरणमा माओवादी केन्द्रले अग्रता लिएको छ। वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरेले २१८ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

    एमालेका मोहन खड्काले १८७ मत पाएका छन् भने कांग्रेसका नवराज बस्नेतले १४९ मत पाएका छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले ३९ र राप्रपाका टिकाप्रसाद फुयालले १४ मत ल्याएका छन्।

    बदर मतलाई लिएर विवाद हुँदा वेलकामा मतगणना स्थगित भएको थियो। ५०० मत गन्दा २२० मत बदर भएपछि मतगणना रोकिएको थियो।

    पछि विवाद मिलाउन प्रमुख जिल्ला अधिकारीसहितको सर्वदलीय बैठक बसे पनि समाधान नभएपछि निर्वाचन आयोगले फेरि मतगणना गर्न पत्राचार गरेको थियो। वेलका-९ मा १८८५ मत खसेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया