काठमाडौँ । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान विमानस्थलमै दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।
दक्षिण कोरियाको अग्नि नियन्त्रण सेवाका अनुसार जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।
देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
न्याश्नल फायर एजेन्सीले मृतक मध्ये ४६ जना महिला र ३९ जना पुरुषहरू रहेको जनाएको छ।
प्रतिक्रिया