• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    यू–१९ महिला टी–२० विश्वकप सुरु हुँदै, पहिलो खेलमा आज नेपाल बंगलादेशसँग भिड्ने

    25
    SHARES



    काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु हुँदैछ । यसपटक प्रतियोगितामा नेपालसहित १६ वटा टोली ४ रंगशालामा ४१ खेलहरू खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    पहिलो दिन ६ वटा खेलहरू हुँदैछन् । पहिलो दिनको खेलमा नेपाल पनि प्रतिस्पर्धामा उत्रनेछ । नेपालले प्रतियोगिताको चौथो खेलमा यूकेएम वाईएसडी ओभलमा नेपाली समयअनुसार १२ :१५ बजे बंगलादेशको सामना गर्नेछ ।

    प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डको सामना गर्नेछ भने दोस्रो खेलमा इंग्ल्याण्डले आयरल्याण्डसँग खेल्नेछ । तेस्रो खेल नाइजेरिया र समोआबिच तथा पाँचौँ खेल पाकिस्तान र अमेरिकाबिच हुनेछ । पहिलो दिनको अन्तिम तथा छैटौँ खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबिच खेलाइनेछ ।

    प्रतियोगिता सुरु हुनअघि एकपटक प्रतियोगिताको बारेमा जानकारी लिऔँ । प्रतियोगितामा सहभागी १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । जुन निम्न प्रकार रहेको छ:

    समूह ए : भारत, मलेसिया, श्रीलंका, वेस्ट इन्डिज
    समूह बी : इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान, अमेरिका
    समूह सी : न्युजिल्याण्ड, नाइजेरिया, समोआ, दक्षिण अप्रिका
    सूमह डी : अस्ट्रेलिया, बंगलादेश, नेपाल, स्कटल्याण्ड
    नेपाल (एसिया), अमेरिका (अमेरिकाज), नाइजेरिया (अफ्रिका), समोआ (एसिया प्यासिफक) र स्कटल्याण्ड (युरोप) रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएका हुन् । समोआको पुरुष या महिला टोलीले कुनै पनि आईसीसी प्रतियोगिता खेलेको यो पहिलोपटक हो । त्यस्तै, आयोजक मलेसिया, नेपाल र नाइजेरियाले पनि पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेका हुन् ।

    अघिल्लोपटक सहभागी रुवान्डा, जिम्बाब्वे, यूएई र इन्डोनेसिया यसपटक प्रतियोगितामा छनोट हुन सकेनन् । रुवान्डा सन् २०२३ को प्रतियोगिताको पहिलो संस्करणमा जिम्बाब्वेलाई उछिन्दै शीर्ष ८ मा पर्न सफल भएको थियो ।

    १६ वटा टोलीले राउन्ड रोबिन आधारमा खेलाइने समूह चरणमा आफ्नो समूहमा रहेका हरेक टोलीसँग एक–एक वटा खेल खेल्नेछन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । समूह चरणमा हासिल गरेको अङ्क सुपर सिक्समा पनि गणना हुनेछ ।

    सुपर सिक्समा दुईवटा समूह बनाइनेछ । समूह एबाट सुपर सिक्समा पुगेका टोलीहरूले समूह डीबाट प्रवेश पाएका टोलीहरूसँग खेल्नेछन् । त्यस्तै, समूह बी र समूह सीबाट सुपर सिक्समा पुगेका टोलीहरू एक आपसमा भिड्नेछन् ।

    यहाँ एक टोलीले दुईवटा खेलहरू खेल्नेछ । एउटा टोलीले अर्को समूहबाट फरक स्थानमा यो चरणमा प्रवेश गरेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दुई वटा सुपर सिक्स समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल जनवरी ३१, २०२५ तथा फाइनल खेल फेब्रुअरी २, २०२५ मा खेलाइनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया