• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिबाना

    560
    SHARES



    मस्को । रुसले अमेरिकाको सबैभन्दा ठुलो कम्पनी गुगललाई यति ठुलो जरिवाना लगाएको छ कि त्यो रकम यो संसारमा समेत छैन । हो तपाईँले सत्य कुरा पढ्दै हुनुहुन्छ । रुसी अदालतले गुगललाई तिराएको जरिवाना रकमको जिरो गन्दा गन्दै तपाई पनि थाक्नु हुनेछ ।

    रुसी अदालतले आफ्नो आदेशमा गुगललाई २ दशमलव ५ डेसिलियन डलर जरिवाना तिर्न आदेश दिएको थियो । यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन । डेसिलियनको हिसाब गर्न अमेरिकी गिन्तीमा १ को पछाडि ३८ वटा जिरो राख्नु पर्छ । बेलायती गन्तीमा भने १ को पछाडि ६० वटा जिरो थप्नुपर्छ । सारा पृथ्वीको पैसा एक ठाउँमा थुपार्दा पनि यो रकम पुग्दैन ।

    किन लगाइयो यो जरिवाना ?

    रुसको आरबीसी न्यूजलाई उद्धृत गर्दै भनिएको छ कि क्रेमलिनको अदालतले सन् २०२० देखि गुगललाई दैनिक १ लाख रुबल जरिवाना लगाएको छ ।

    रुसी सरकार समर्थित तासग्राड र आरआइए फानको युट्युब च्यानल बन्द गरेको कारण गुगललाई यो जरिवाना लगाएको हो । यति मात्र होइन, यो जरिवाना हरेक हप्ता दोब्बर हुने गरेको छ । अहिलेसम्मको जरिवाना थुप्रिएर २.५ डेसिलियन डलर भएको छ ।

    अदालतले कडा निर्णय गरेको थियो

    रुसी अदालतले रुसी मिडियालाई युट्युबमा आफ्नो समाचार प्रसारण गर्ने मौका नदिएकोमा गुगललाई हप्काएको छ । रुसी अदालतले आफ्नो फैसलामा अमेरिकी कम्पनी गुगलले ९ महिनाभित्र रुसी कानुनको पालना नगरे दैनिक १ लाख रुबल जरिवाना तिर्नुपर्ने बताएको थियो । जरिवानाको रकम प्रत्येक हप्ता दोब्बर हुने र जरिवाना रकमको कुनै सीमा नहुने पनि भनिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया