• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतीय विमानमा एक हप्तामा २३ वटा बम राखिएका धम्कीका घटना

    200
    SHARES



    नयाँ दिल्ली । शुक्रबार राति भारतका दुई एयरलाइन्सका विमानमा बम राखिएको धम्की आएपछि फरक फरक स्थानमा आपतकालीन अवतरण गरिएको छ ।

    एयर इन्डिया एक्सप्रेस ((IX-196)) र विस्तारा एयरलाइनसको जहाजमा बम राखिएको धम्की आएको हो । बम राखिएको धम्की आएलगत्तै दिल्लीबाट लन्डन उडान भरिरहेको विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ ।

    त्यस्तै १८९ यात्रु लिएर दुबईबाट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान पनि जयपुरमा आपतकालीन अवतरण गरिएको छ । अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद वस्तु भने फेला नपरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    पछिल्लो एक हप्तामा भारतीय विमानमा बम राखिएका धम्कीका २३ वटा घटना भएका छन् । बम राखिएका धम्की बढ्न थालेपछि केन्द्र सरकारले अक्टोबर १६ मा उडानहरूमा एयर मार्शलहरूको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो भने गृह मन्त्रालयले उड्डयन मन्त्रालयसँग पनि प्रतिवेदन मागेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया