• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ट्रम्पको चुनावी अभियानलाई इलन मस्कको साढे ७ करोड सहयोग

    85
    SHARES



    काठमाडौं । विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर दिएको खुलेको छ ।

    सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको हो ।मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् ।

    सरकारी अनुसन्धान अधिकारीका अनुसार इलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब साढे ७ करोड अमेरिकी डलर रकम दिएको खुलेको हो ।

    जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए ।

    हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको र्‍यालीमा पनि मस्क सहभागी भएका थिए । बटलर ट्रम्पमाथि हमला भएको ठाउँ पनि हो ।

    अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । चुनाव नोभेम्बर ५ मा हुँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ