• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    चर्चित भारतीय उद्योगपति रतन टाटाको निधन

    508
    SHARES



    काठमाडौँ । चर्चित भारतीय उद्योगपति रतन टाटाको ८६ बर्षको उमेरमा निधन भएको छ । दुइ दिनदेखि मुम्बईस्थित ब्रीच कैंडी अस्पतालमा उपचाररत टाटाको आज राति निधन भएको हो ।साल २००० र २००८ मा भारतको सर्बोच्च नागरिक सम्मान पद्म विभूषण पाइसकेको टाटा भारतका प्रतिष्ठित उद्योगपति हुन् ।

    रतन टाटापय निधनभएको बारे टाटा संस्थानका प्रमुख एन चंद्रशेखरले आफुहरुले अत्यन्त ठुलो क्षति व्यहोरेको भन्दै दुखका साथ रतन टाटाको विदाई गर्नुपरेको बताएका छन्।

    टाटाको निधनप्रति भारतीय प्रधानमन्त्रि मोदीले Xमा स्टाटस लेख्दै टाटा एक दूरदर्शी बिजनेस लीडर, दयालु आत्मा र एक असाधारण भएको भएको बताएका छन्।

    मोदीले टाटाले भारतको सबै भन्दा पुरानो र प्रतिष्ठित व्यापारिक घरानाबाट व्यापारिक हिसाबले स्थिर नेतृत्व प्रदान गरेका कारण उनको योगदानले कम्पनि धेरैअगाडि बढेको बताएका छन् ।

    उता भारतीय प्रतिपक्ष दल कांग्रेसका नेता राहुल गांधीले ‘रतन टाटा दूरदृष्टिवाला व्यक्ति भएको बताएका छन्। उनले बिजनेस र परोपकार दुवै क्षेत्रमा कहिलै नमेटिने छाप छोडर गएको बताएका छन्। उनले टाटा परिवार र टाटा कम्युनिटीप्रति आफ्नो समबेदना दिएका छन् ।

    यस्तै भारतका रक्षामन्त्रि राजनाथ सिंहले रतन टाटालाई श्रद्धान्जली दिंदै रतन टाटाको निधनले आफु दुखी भएको भन्दै टाटा भारतीय उद्योग जगतका एक असाधारण व्यक्ति भएको र उनले देशको अर्थव्यवस्था, उद्योग र व्यापारमा स्मरणीय योगदान दिएर गएको बताएका छन् ।

    रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो, उनले ९ अक्टुबर २०२४ मा अन्तिम सास लिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ