• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

अरविन्द केजरीवालद्वारा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा

3.2K
SHARES



नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफूले दुई दिनपछि मुख्यमन्त्रीको पदबाट राजीनामा दिने उनले बताए ।

‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताहरूले आफ्नो फैसला नसुनाएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ आइतबार दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा भने ।

‘म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन’ अझ अगाडि उनले भनेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ