• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    896
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम भएको छ।

    युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४८ रूपैयाँ १६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ७० पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रूपैयाँ ११ पैसा र बिक्रीदर १५८ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९० रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रूपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९० पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ०१ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०८ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ १७ पैसा र बिक्रीदर १७ रूपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४४० रूपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ