• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी राजनीति

    कोशी प्रदेशमा काँग्रेसबाट ४ जना थप भएसँगै मन्त्रीमण्डलको संख्या १० पुग्याे

    2.4K
    SHARES



    काठमाडाैं। कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । शुक्रवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली रहेकाे छ ।

    नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया