• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकाे जर्जियामा रहेकाे एक विद्यालयमा गोली चल्दा ४ जनाको ज्यान गयो

    802
    SHARES



    काठमाडाैं । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । स्थानिय सञ्चारमाध्यमका अनुसार गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको र ८ विद्यार्थीलगायत एक जना शिक्षक पनि घाइते भएका छन्र ।

    एटलान्टाको ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा अन्धाधुन्द गोली चलेको बीबीसीले जनाएको छ ।

    गोली चलाएको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनी त्यही विद्यालयका विद्यार्थी रहेका प्रहरीले जनाएको छ । उनलाई वयस्कलाई जस्तै कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ । अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक–पटक हुँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ