• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पैसा बचाउन जर्मनीमा आफ्ना कारखानाहरू बन्द गर्दै फक्सवागन

    1.1K
    SHARES



    बर्लिन । जर्मन अटो निर्माता कम्पनी फक्सवागनले जर्मनीमा रहेका आफ्ना केही कारखानाहरू बन्द गर्न लागेको छ । खर्च कटौती गर्न कम्पनीले पहिलो पटक जर्मनीमा कारखानाहरू बन्द गर्न लागेको हो ।

    एसियाली प्रतिस्पर्धीहरूबाट दबाब बढिरहँदा कम्पनीले यो कदम चालेको हो । सोमबारको यो निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर ब्लुम र कम्पनीसम्बद्ध कर्मचारी सङ्गठनबिच तनाव झन् बढ्ने निश्चित प्रायः छ ।

    कम्पनीले जर्मनीस्थित गाडी बनाउने ठुलो कारखाना र पार्टस् बनाउने कारखानालाई काम नलाग्ने देखेको र यसको कडा विरोध गरिने कर्मचारी सङ्गठनले कसम खाएको छ ।

    बुधबार बिहान बस्ने बैठकमा कम्पनीका प्रमुख वित्तीय अधिकारी आर्नो एन्ट्लिट्ज र ब्रान्ड प्रमुख थोमस शेफरले कर्मचारीहरूसँग कुराकानी गर्ने भएका छन् । खर्च कटौती गर्न कम्पनीले जागिर सुरक्षा कार्यक्रम पनि अन्त्य गर्न लागेको छ ।

    पछिल्लो समय कम्पनीले युरोप, अमेरिका र विशेषगरी चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूबाट बजार हिस्सामा निकै चुनौतीको सामना गरिरहेको छ । गएको दुई वर्षमा कम्पनीको शेयर मूल्यमा पनि व्यापक कमी आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ