काठमाडाैं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । स्थानियका अनुसार भारी वर्षाका कारण उक्त परिवार बस्दै आएको कच्ची घरको छाना खसेर उनिहरूकाे ज्यान गएकाे हाे ।
र्घटनाको समयमा परिवारका सदस्यहरू सुतिरहेकाले उनिहरूले भागेर ज्यान जाेगाउन नसकेकाे पनि स्थानियले बताएका छन् ।
भग्नावशेषबाट निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिकाको शव रहेको बताइएको छ । खैबर पख्तुनख्वामा विगत एक महिनादेखि भारी वर्षा भइरहेको छ ।
जसका कारण बाढीले यहाँको एउटा ठूलो पुल पनि बगाएको छ । पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द भएको छ ।
प्रतिक्रिया