• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अक्सफोर्ड कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर क्रान्तिकारीले प्रहरीलाई बुझायो !

    17.1K
    SHARES



    काठमाडौं ।

    अखिल (क्रान्तिकारी) रुकुमले अवैध तथा गैरकानुनी कार्य गर्ने अक्सफोर्ड कलेज एण्ड ईन्स्टिच्युटका सञ्चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।

    विद्यार्थीहरुलाई डिप्लोमा अन्तर्गत विभिन्न संकायमा सिटिइभिटिले लिने प्रवेश परिक्षामा उतिर्ण गराउने आश्वासन दिएर लाखौं रुपैयाँ अशुल गरेको अक्सफोर्ड ईन्स्टिच्युटलाई कडा कारबाहीको मागसहित प्रहरीलाई बुझाएको हो ।

    अवैध रुपमा सञ्चालनमा रहेको र विभिन्न बहानाबाजी गर्दै सय जना विद्यार्थीहरुबाट प्रति व्यक्ति १७ हजार रकम असुली गर्ने ईन्स्टिच्युटका सञ्चालक सन्तोष खड्का र पुस्कर केसीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको अखिल (क्रान्तिकारी)का राप्ती ब्यूरो संयोजक पदम पोख्रेलले जानकारी दिएका छन् ।

    विद्यार्थीहरुलाई अन्यत्र जिल्ला पठाउदै गर्दा आज दुईवटा गाडीसहित सञ्चालकलाई कडा कारबाहीको मागसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको संगठनका रुकुम जिल्ला सचिव प्रेम प्रशान्त बोहराले बताएका छन् । ठगिएका विद्यार्थीलाई क्षतिपूर्ति र अक्सफोर्डको लुटको केन्द्रलाई थप लुटबाट राज्यले रोक्न नसके थप संघर्षका कार्यक्रम गर्ने जिल्ला सचिव प्रेम प्रशान्त बोहराद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    विज्ञप्तीको पूर्ण पाठ-

    मिति-२०७५।०४/२० गते
    प्रेस विज्ञप्ति
    हाम्राे महान तथा गाैरवशाली संगठन अखिल(क्रान्तिकारी) त्याग, तपस्या, विरता र बलिदानका रक्तरञ्जित स्वर्णिम इतिहास निर्माण गर्दै मालेमावादी विश्व दृष्ट्रिकाेणमा अाधारीत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिकाे महासमरकाे यात्रामा अनवरतरुपमा लागिरहेकाे कुरा सर्वविदितै छ । दलाल संसदीय सत्ताकाे दलालिकृत शिक्षा नितिकाे कारण शिक्षा क्षेत्रमा माैलाउदै गरेकाे दलालिकरण ,भ्रष्ट्रिकरण, व्यापारिकरण , माफियाकरण हुदै अपराधिकरणकाे विरुद्ध नियमित रूपमा हाम्रो गौरवशाली संगठन अखिल(क्रान्तिकारी) रुकुमले रुकुमको शिक्षा क्षेत्रमा भएका सबै खाले विकृति ,विसङ्गती ,लुटखसोट ,अवैधता,अनियमितका विरुद्ध निर्णायक आन्दोलन गरिरहेका छौँ। यसैक्रममा रुकुम जिल्लामा संचालनमा रहेको अक्सफोर्ड टेक्निकल कलेज एन्ड इन्स्िटच्युटले गरेको ब्रहम लुट तथा गैरकानुनी कामकारबाहीको विरुद्ध हाम्रो संगठन अखिल(क्रान्तिकारी) ले आन्दोलनको थालनी गरेको कुरा यहाँहरुको बिचमा अवगत गराउछौँ।साथै अक्सफोर्ड कलेज एन्ड ईन्स्टिच्युटलाई तपसिलका अवैध तथा लुट खसोटका कार्य गरेको कारण कानुन बमोजिम आवश्यक कानुनी कारबाहीको माग गर्दछौँ।यद्यपि कानुन बमोजिम कारबाही हुन नसके संगठन अन्य बाटो मार्फत लुटिएका विद्यार्थीलाई क्षतिपूर्ति र अक्सफोर्डको लुटको केन्द्रलाई थप लुट बाट रोक्न थप संघर्षका कार्यक्रम गर्ने यसै बिज्ञपति मार्फत जानकारी गराउछौँ।
    तपसिल
    १-इन्स्िटच्युट अवैध रूपमा संचालनमा रहेकोे(आवश्यक कागज पत्र उपलब्ध गराउन अनुरोध गर्दा नगरेको ।)
    २-शैक्षिक संस्थाको खोल ओडेर ब्यापार (किताब ,कापी,कलम,क्याल्कुलेटर,ड्रेस आदि) गर्ने थलो बनाएको र त्यहीँबाट पनि हजारौं कमिसन खाएको !
    ३- प्रवेश परिक्षा तयारी कक्षा संचालन गर्दाखेरी तुलनात्मक हिसाबले चर्को शुल्क लिएको!
    ४-विद्यार्थीहरु लाई सिटिइभिटिले लिने प्रवेश परिक्षामा उतिर्ण गराउने आश्वासन दिएर लाखौं रुपैयाँ अशुल गरेको ।
    ५-राज्य र राज्य संयन्त्र लाई समेत चुनौती दिएर खुलमखुल्ला शिक्षा क्षेत्रलाई विकृत,अमर्यादित ,अस्वच्छ,अनियमित ,व्यापार र असभ्य बनाउने कार्यमा संलग्न भएको।
    ६-विद्यार्थीहरु लाई आफु इच्छुक कोर्स र कलेजमा अध्ययन गर्ने अवसरबाट बन्चित गरि जुन कोर्स र कलेजमा कोठा खाली छ त्यहीँ लगेर आवेदन फारम भरिदिएको!
    ७-सम्बन्धित विद्यार्थी वा उसको अभिभावकले सम्बन्धित कलेजमा पुगि फारम भर्ने प्रावधान भए पनि कलेजले विद्यार्थी नपाउने भएपछि रुकुम बाट फारम भरेको ।
    ८-यसरी निजि रूपमा सन्चालन गर्दा १०% छात्रवृत्ति दिने प्रावधान भएपनी एक जनालाई पनि छात्रवृत्ति नदिएको !
    ९-खुलेआम शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई व्यापारीकरण गरेको ।
    १०- विद्यार्थीहरु बाट पैसा अशुल गर्दा बिल समेत नदिएकोले पुर्णतः ठग्ने नियत भएको!साथै मनोबैज्ञानिक हिसाबले पैसा दिएको बताएपछि नाम ननिक्लने डर ,त्रास देखाएर यसलाई गोप्य राख्न खोजेको!
    ११- विगतका बर्षमा पनि विद्यार्थी बाट लाखौं पैसा असुल्दै आएको!
    मागहरू
    १- कक्षा संचालन गर्दाको रु ९००० ,आवेदन फारम भर्दाको रु ५०० र अन्य खर्च ५००० बाहेक अरु सबै असुलिएको पैसा विद्यार्थीलाई क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने !
    २-अक्सफोर्ड टेक्निकल कलेज एन्ड ईन्स्टिच्युट कागतजातका आधारमा अवैध ठहरे खारेज हुनुपर्ने !
    ३-यस भन्दा अगाडिका बर्षमा नाम निकाल्न आश्वासन दिएर पैसा असुल गरेको तर नाम ननिक्लेका विद्यार्थीहरुलाई असुल गरेको पैसाको दोब्बर र नाम निक्लिएका विद्यार्थीलाई २५% बाहेक अरु सबै रकम फिर्ता गर्नुपर्ने !
    ४-नेपालको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही गर्नुपर्ने !
    ५-अक्सफोर्ड मार्फत गएका विद्यार्थीहरु पढ्ने कलेजको गुणस्तर शिक्षा शंकास्पद भएकोले अनुगमन गरि मापदण्डअनुसार नभए भविस्यमा समेत अयोग्य हुने गरि कारबाही गर्नुपर्ने !
    ६-विद्यार्थी नपाएकै कारण दलालिकरण मार्फत विद्यार्थी भर्ना गर्ने त्यस्ता कलेजले यस बर्ष शुल्कमा ५०% छुट गर्नुपर्ने !
    ७-विद्यार्थी राख्ने सम्झौता भएका सबै कलेज संचालकलाई रुकुम बोलाइ संगठन र प्रशासनको सहकार्यमा वार्ता बसाउनु पर्ने!क्रान्तिकारी अविवादन सहित
    प्रेम प्रशान्त बोहरा
    अखिल(क्रान्तिकारी ) रुकुम
    सचीव

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ