• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विवाद बढेपछि ममता बनर्जीकाे स्पष्टीकरण : ‘मैले आन्दाेलनरत बिद्यार्थीहरूलाई कहिल्यै धम्की दिएको छैन’

    1.4K
    SHARES



    काठमाडाैं। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधवार दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छिन् । उनले माइक्रो ब्लगिङ वेबसाइट एक्स मार्फत स्पष्टिकरण दिएकी हुन् ।

    बनर्जिले लेखेकी छन्, ‘मैले हिजो हाम्रा विद्यार्थीहरूको कार्यक्रममा मेरो भाषणको सन्दर्भमा केही छापा, इलेक्ट्रोनिक र डिजिटल मिडियामा खराब सूचना अभियान चलिरहेको देखेको भनेको थिए ।’

    आफूले मेडिकललगायत विद्यार्थी वा उनीहरूको आन्दोलनको विरुद्धमा एक शब्द पनि बोलेको स्पष्ट पार्न चाहेको पोस्टमा उनले लेखेकी छिन् । आफूले उनीहरूको आन्दोलनलाई पूर्ण समर्थन गर्ने पनि उनले बताएकी छिन् । ‘उनीहरूको आन्दोलन साँचो छ । केही मानिसहरूले मलाई आरोप लगाएजस्तो मैले उनीहरूलाई कहिल्यै धम्की दिएको छैन । यो आरोप पूर्णतया झुटो हो ।’ उनले लेखेकी छिन् ।

    आफूले भाषणको क्रममा भाजपाविरुद्ध बोलेको पनि उनले बताइन् । भारत सरकारको समर्थनमा भाजपाले आफ्नो राज्यमा लोकतन्त्रलाई खतरामा पार्दै अराजकता सिर्जना गर्न खोजिरहेको उनको भनाई छ ।

    बुधवार ममता बनर्जीले तृणमूल कांग्रेस छात्र परिषद (टीएमसीपी) को स्थापना दिवसमा आयोजित र्‍यालीलाई सम्बोधन गरेकी थिइन् । यसक्रममा उनले भाजपाले बङ्गालमा समस्या सिर्जना गर्ने प्रयास गरेमा अन्य राज्यमा पनि असर पर्ने बताएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ