काठमाडाैँ। युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुंगा दुर्घटनामा परी ३४ जना रोहिंग्या शरणार्थीकाे मृत्यु भएकाे छ । मृत्यु भएका हरूकाे शव पनि निकालिएकाे अधिकारीले बताएका छन् ।
बंगलादेशको नदीमा मंगलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो भने याेसमाचार तयार पार्दा सम्म ३४ जनाकाे शव निकालीएकाे छ ।
उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।
बंगलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुंगामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताएका छन् ।
प्रतिक्रिया