काठमाडाैँ। शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशमा विपक्षी दलकी नेतृ खालिदा जिया मंगलबार रिहा भएकी छन् । चर्चित अनलाइन डेलीस्टारका अनुसार बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले सोमबार एक आदेश जारी गर्दै बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) की नेता खालिदा जिया मंगलबार रिहा भएकी हुन् ।
डेलीस्टारका अनुसार खालिदा जियासहित सयौँ विपक्षी नेता मंगलबार नै जेलबाट मुक्त भएका छन् । करिब २ महिनादेखि चलेको विद्यार्थीको विरोध प्रदर्शनबीच नाटकीय घटनाक्रममा प्रधानमन्त्री शेख हसिनाको तख्तपलट भएर देशबाट भागेकी थिइन् ।
प्रतिक्रिया