• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ को मृत्यु

    1.7K
    SHARES



    काठमाडाैं । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीसंगै आएकाे बाढीले घर र पसलहरूमा क्षति पुर्याएकाे छ भने त्यहांकाे जनजिवन प्रवावित भएकाे छ ।

    आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ भने यसबाट फिलिपिन्समा बाढी र पहिरो जांदा २२ जनाको मृत्यु भएको छ । साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन् ।

    ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द भएका छन् र नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ ।

    ताइवान नियमित रूपमा आँधीहरूको चपेटामा पर्ने गर्छ । यद्यपि ताइवानको स्थलाकृति, उच्च जनसङ्ख्या घनत्व र उच्च प्रविधिको अर्थतन्त्रका कारण यस्ता आँधी आउँदा हुने क्षतिबाट बच्न कठिन हुने गरेकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया