• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    इच्छामृत्यु चाहने व्यक्तिका लागि ‘सुसाइड पड’ प्रयोगमा ल्याउँदै स्वीजरल्यान्ड

    5.4K
    SHARES



    काठमाडौं । स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि छिट्टै ‘सुसाइड पड’ प्रयोगमा ल्याउने भएको छ । ‘द स्याक्रो’ नामको थ्रीडी प्रिन्टेड पोर्टेबल सुसाइड पड अबको केही समयमै प्रयोगमा ल्याइने भएको हो ।

    ‘गम्भीर शारीरिक रोग’ भएका व्यक्तिहरूलाई इच्छामृत्यु सेवा दिने उद्देश्यले स्थापना भएको द लास्ट रिसोर्टका संस्थापक फ्लोरियन विलेटले यो डिभाइस छिट्टै प्रयोगमा आउने बताएका छन् । मङ्गलबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो डिभाइसको पहिलो प्रयोग निकट भविष्यमा गर्ने जानकारी दिए ।

    कहिलेदेखि यो डिभाइस प्रयोगमा आउँछ भन्ने प्रष्ट जानकारी बाहिरिएको छैन । इच्चामृत्युको विषयलाई मिडियाबाजी नगर्ने भन्दै अहिले नै मिति खुलाउन नमिल्ने द लास्ट रिसोर्टका प्रतिनिधिले बताएका छन् ।

    यदि कसैले इच्छामृत्यु चाह्यो भने १८ स्विच फ्रान्क्स (करिब दुई हजार ६६० रुपैयाँ) पर्ने बताइएको छ । यसो त यो डिभाइस सन् २०१९ मै सार्वजनिक भएको थियो । तर, चिकित्सा पर्यवेक्षण बिनै मान्छे आफूले चाहेर मर्न पाउनु हुँदैन भन्दै यसको चर्को विरोध भएको थियो ।

    यस पडको च्याम्बरमा नाइट्रोजन ग्यास भरिएको हुन्छ । इच्छामृत्यु चाहने व्यक्तिलाई यसभित्र राखेर बटन थिचिसकेपछि विस्तारै अक्सिजनको मात्रा घट्दै जान्छ । र, मान्छे चेत घट्दै जान्छ भने त्यसको १० मिनेटभित्र मान्छे मरिसक्ने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया