• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राजपुरमा झडप, सशस्त्र प्रहरी लगायत १९ जना सुरक्षाकर्मी घाइते

    0.9K
    SHARES



    काठमाडाैं । रौतहटको राजपुरमा मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ । उक्त झडपमा १९ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

    रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।

    दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

    दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ ।

    ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ