• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल

    5.1K
    SHARES



    काठमाडाैं। अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६ लाख डलरमा बिक्री भएको हो ।

    ११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो ।

    सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको नाम अहिलेसम्म खुलाइएको छैन । एपेक्स अमेरिकामा जन्मिएको र अमेरिकामै बस्ने क्रेताले बताएका छन् । सन् २०२२ मा अमेरिकाको पश्चिमी राज्य कोलोराडोमा एपेक्सको कंकाल संयोगले भेटिएको थियो । यसलाई पेशागत जिवाश्मा खोजीककर्ता ज्यासन कूपरले फेला पारेका थिए ।

    सुथबिजको लिलामीमा विक्री हुने एपेक्स अहिलेसम्म सबैभन्दा मूल्यवान जीवाश्मा हो । एपेक्सले पाएको यो मूल्य विक्री अघि अनुमान गरिएको भन्दा ११ गुण बढी भएको लिलाम गृहले भनेको छ ।

    सो लिलामीमा ७ जना क्रेता सहभागी भएका थिए । स्टेगोसरस पछिल्लो जुरासिक कालमा झन्डै १५ करोड वर्ष अघि पृथ्वीमा पाइन्थ्यो । यसअघि सन् २०२० मा टिरानोसरस रेक्सको कंकाल ३ करोड १८ लाख डलरको कीर्तिमानी मूल्यमा बिक्री भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया