• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

    1.7K
    SHARES



    काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम भएको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षरगरेका हुन्।

    बुधबार कुटनीतिक सम्बनध कायम भइसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ ।

    नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे ।

    साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया