• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    यार्सा पाटनमा मृत्यु र प्रभावित भएका परिवारलाई टेवाले गर्यो सहयोग

    1.4K
    SHARES



    मुगु ।  यार्सा टिप्न मुगुका पाटनमा पुगेका बेला बिरामी परेका र ढाेल लागेर मृत्यु भएकाहरूको परिवारलाई टेवाले राहत सामाग्रीहरू सहयोग गरेको छ । गत बैशाख देखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला बिरामी भएर मृत्यु भएका ४ जनाका परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामाग्री सहयोग गरेको हो ।

    टेवाको मुगु स्थित साझेदार संस्था महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीकाअनुसार यार्सा पाटनमा छायानाथ रारा नगरपालिका- १० का १ जना र वडा नम्बर १२ का ३ जना युवाहरूको मृत्यु भएका लगायत २७ जना परिवारका बिरामी युवा सदस्यहरूलाई उक्त राहत सामग्री बितरण गरिएको छ ।

    यार्सा टिप्न जादा उच्च पाटनसम्म पुग्नु पर्ने, हिमाल चढ्नु पर्ने भएकोले प्राय युवा, युवती यार्सा टिप्न जाने गर्छन । एक सिजनमा एउटा परिवारले यार्सा बेचेरै कम्तिमा ३- ४ लाख सम्म आम्दानी गर्ने गर्छन । १५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउँबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन् ।

    घरका कमाउने युवाको मृत्यु र बिरामी हुँदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र कमाउनबाट बञ्चित भएकाले उहांहरुलाइ थोरै भएपनि राहत होस भनेर टेवाको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहिको भनाइ छ ।

    शाहीका अनुसार राहतमा चामल ३० केजी, १ केजी दाल, खानेतेल १ लिटर, नुन ४ केजि, चिउरा १ केजि, फाइवर सिरक, डसना,तन्ना,सिरानी एक एक सेट सामान र मृतकका परिवारलाई दैनिक उपभोग्य वस्तुहरू अन्य प्रभावित परिवार भन्दा दोब्बरका साथै प्रति परिवारलाई १२ हजार नगर सहयोग गरिएको छ ।

    बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, लेख लागेर मृत्यु भएका, विरामी परेका, धनजनको क्षेती भएका प्रभावित परिवारलाई राज्यको उपस्थित नहुँदै राहत लिएर विगत लामो समय देखि टेवा मुगाली पीडितहरूको घर आंगनमा पुगी मलम लगाउदै आएको छ । यार्सा पाटनमा मृत्यु भएर र विरामी परेर प्रभावित भएका परिवारले अहिलेसम्म कहीँ कतैबाट राहत सहयोग नपाएको र टेवा मात्र पहिलो सहयोगीको रुपमा गाउँमै राहत लिएर आएको छायानाथ रारा नगरपालिका- १० कि पीडित सिर्जना कमाइले बताइन ।

    उनले आँखाभरी आँसु निकाल्दै मलिन स्वरमा भनिन्न, ‘यार्सा टिप्न गएका बेला श्रीमान देवराज बुढाको पाटन मै मृत्यु भयो । कमाउने घरमा उहाँ मात्र हुनुहुन्थ्यो, अब हामी कसरी पालिने होला, घरखर्च कसरी जुटाउने होला रु हामी कस्को भरमा बसौ ।’

    प्रतिक्रिया