• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकता असफल भएको निर्णय फिर्ता लिन कञ्चनलाई किरणको आग्रह

    1.7K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ले पार्टीबाट अलग भएका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’ पक्षलाई पार्टी एकता असफल भएको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

    पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै कञ्चनले पार्टी कार्यालयमा पत्र पठाएका थिए । किरणले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

    ‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ । यसका साथै समग्र पार्टी पङ्क्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौँ’, किरणले जारी विज्ञप्तिमा उल्लेख छ ।

    कञ्चनले दुई बर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफुहरुको तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद एकता सफल हुन नसकेको बताएका छन् । ‘अतः समय र विषयको संवेदनशिलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’ उनले भनेका छन् ।

    अहिले रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकाय र प्रमुख नेतृत्व तहमै रहेको भन्दै सह-संयोजक कञ्चनले एकता आज सफल नभए पनि भोली सम्भव हुने तर, अनावश्यक तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्ने बताएका छन्।

    २०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र नेकपा (बहुमत) बिचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ