• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अफगानिस्तानमा वर्षा र बाढीबाट ४० जनाको मृत्यु

    1.2K
    SHARES



    काठमाडाैं । पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । साथै, घाइतेको संख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

    स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताएका छन् । दुर्घटनामा हताहतको संख्या बढ्ने अनुमान गरिएको छ ।

    सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठूलो जनधनको भएको थियो ।

    त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक रूपमा आएको बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

    भारी वर्षा र बाढीले मेदेखि युद्धग्रस्त देश अफगानिस्तानमा ४ सय भन्दा बढीको ज्यान लिएको छ भने हजारौँको संख्यामा घरबारविहीन भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया